जङ्गली भान्टामा टमाटरको कलमी

सुजल श्रेष्ठ

प्यूठान,११ चैत– जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन ।

लामो समयदेखि टमाटर खेतीमा सङ्लग्न किसानले अहिले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गराएर खेती गर्न लागेका हुन्।

राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको बताउनुभयो ।

“टमाटर खेती गर्दा किसानले वर्षेनी धेरै रोग किराको समस्या बेहोर्नुपरेको छ,” उहाँले भन्नुभयो,“उक्त समस्या समाधान गर्ने विकल्प खोज्दै गर्दा यो नयाँ प्रविधि अपनाउन थालिएको हो ।”

विशेष गरेर बिरुवा ओइलाउने समस्या देखिएको र उपचारबाट समेत समाधान नभएपछि नयाँ विकल्प खोजिएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख गिरीका अनुसार कलमी बिरुवाबाट लागत कम लाग्ने, उत्पादनमा समेत वृद्धि हुने गर्छ ।

यसका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत रुपमा तालिम दिइएको छ । चितवनका किसानसँग समन्वय गरेर जङ्गली भान्टाको बीउ ल्याएर बेना तयार गरि कलमी बनाइएको उहाँको भनाइ छ ।

गिरीका अनुसार नेपालमा यो प्रविधि नयाँ हो। इजरायल लगायत देशमा सफलतापूर्वक परीक्षण भएपनि नेपालमा नयाँ प्रविधिको रुपमा प्रयोग गर्न थालिएको गिरीले बताउनुभयो ।

“नेपालमै यो नयाँ प्रविधि हो, नेपाली किसानले पहिलो पटक यो प्रविधिको प्रयोग गर्दै हुनुहुन्छ,” उहाँले भन्नुभयो,“यसबाट किसानलाई धेरे लाभ हुनेछ ।”गोप

ताजा

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal