ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण : निष्पक्षता र पारदर्शितामा जोड

काठमाडौँ,११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उहाँले आफ्नो कार्यकक्षमा पदभार सम्हाल्नुभएको हो।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो कार्यकालमा संसद्लाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

उहाँले भन्नुभयो, “मेरो सीमित समयको कार्यकालभित्र म निष्पक्ष र पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्नेछु।”

केसीले सभामुखको पदले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसद्का सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताउनुभयो। 

“सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ। त्यसैले संसद्‍भित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकका रूपमा मैले भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले थप्नुभयो।

नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले प्रतिनिधि सभाको बैठक सञ्चालन र संसद्को अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु हुनेछ। नेपालको संविधान अनुसार, सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्ने व्यवस्था रहेको छ।

ताजा

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal