तीन सय बढी जेनजीहरु एमालेमा प्रवेश
इटहरी,१० फागुन- सुनसरीका तीन सय भन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सो क्षेत्रका तीन सय युवाहरु भगबती चौधरीलाई जिताउने अभियानमा जोडिँदै नेकपा एमालेमा प्रवेश गरेकाे नेकपा एमालेले जनाएकाे छ ।
कार्यक्रमका अवसरमा जेनजी युवाहरुलाई स्वागत गर्दै उम्मेद्वार भगबती चौधरीले जेनजीका माग र मुद्दाहरु नेकपा एमालेले मात्र संवोधन गर्न सक्ने बताउनु भयो । एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गते पछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडी बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाहरुका माग र मुद्दा प्रति केन्द्रीत भएर घोषणा पत्र तयार पारेको पनि बताउनु भयो । साथै उहाँले देश विकास गर्न युवाहरुमा लगानी गर्नुपर्ने बताउँदै युवाहरुलाई देशमै स्वरोजगार बनाउनु पर्ने बताउनु भयो ।
त्यसो त, देशभर ५० हजार भन्दा बढी महिलाहरुलाई उद्यमशील बनाउन सफल भगबती चौधरीले २ हजार बढीलाई रोजगारी दिनुका साथै आफ्नो क्षेत्रमा मात्रै सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित घर बनाई दिइसक्नु भएको छ । आउँदो समय आफ्ना क्षेत्रका गरिब, विपन्न नागरिकहरुलाई ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता जनाउनु भएकी चौधरीलाई विकास प्रेमी नेतृका रुपमा लिइन्छ ।
सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागी गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्दै त्यस कार्यमा युवाहरुको सक्रिय सहभागीताको अपेक्षा गर्नुभयो । भगबती चौधरी जनताका हरेक सुख दुखःमा साथ दिने नेतृ भएकोले उहाँलाई पुनः जिताएर पठाए क्षेत्रको मात्र नभइ समग्र देशको हीत हुने उल्लेख गर्नुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















