नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी

वालिङ,२६ माघ- वालिङ उद्याेग वाणिज्य संघकाेआयाेजनामा यहि माघ १४ गते देखि सुरु भएकाे नवाैँ वालिङ महाेत्सव आइतबार सकिएकाे छ।

कृषि, व्यापार, पर्यटन एवं स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यले आयाेजना गरिएकाे महाेत्सवमा दस कराेड बढिकाे काराेबार भएकाे र तीनलाख बढि दर्शकले अवलाेकाे गरेकाे आयाेजककाे दावी रहेकाे छ।

महाेत्सवकाे समापन समाराेहमा बाेल्दै नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले नवाैँ वालिङ महाेत्सवले आर्थिक चलायमान बनाउँन सहयाेग पुर्याएकाे बताउदै यश प्रकारका मेला महाेत्सवले ठाउँकाे विकास र प्रवद्धनमा सहयाेग पुग्ने बताउनुभयाे। वैद्यले भन्नुभयाे,”व्यापार ब्यावसायकाे विस्तार र आर्थिक चलायमानकाे लागि सडककाे महत्वपूर्ण भूमिका रहन्छ, त्यसैले पहिले देखि उठ्दै आएकाे सिद्धार्ज राजमार्गकाे स्तर उन्नतिकाे लागि सबै क्षेत्रबाट पहल आवश्यक छ।” यसकाे लागि उद्याेग वाणिज्य महासंघले प्रदेश र संघ सरकार संग आग्रह गर्ने समेत बताउनु भयाे।

समापन समाराेहमा बाेल्दै वालिङ उद्याेग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष अनुपमा ढुंगाना तिवारीले महाेत्सव लक्ष्य भन्दा बढि उपलब्धि हाँसिल गर्दै सम्पन्न भएकाे बताउदै नवाैँ वालिङ महाेत्सव सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिनुभयाे। यहि माघ १४ गते देखि सुरु भएकाे महाेत्सव १२ दिन सम्म चलेकाे थियाे।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal