वालिङ उद्याेग वाणिज्य संघले भन्याे अवान्छित गतिविधिमा सहभागी हुनेलाई सम्मान गरिएकाे छैन, कानूनी उपचार खाेज्छाैँ
वालिङ,२४ माघ- वालिङ उद्याेग वाणिज्य संघले कुनै पनि अवान्छित गतिविधिमा सहभागी हुनेलाई कुनै पनि सम्मान नगरिएकाे जनाएकाे छ।
यहि माघ १४ देखि २५ गते सम्म सञ्चालित महाेत्सवकाे साताैँ र आठाैँ दिन दर्शक दृर्घामा अस्वभाविक रुपमा नृत्य गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे र भाइरल भएबापत महाेत्सव आयाेजकले नृत्य गर्ने महिलालाई सम्मान गरेकाे भन्ने तस्विर र भनाइ प्रति आयाेजक संस्थाले आप्ति जनाएकाे छ।
प्रविधिकाे दुरुपयाेग गरी सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे तस्विर मेलाकाे बन्दाम गर्ने याेजनाका साथ आएकाे भन्दै कानूनी उपचार खाेज्ने समेत एक विज्ञप्ति जारी गर्दै संघले चेतावनी दिएकाे छ।
महासचिव रमेश अर्याल र वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,”सामाजिक सञ्जालकाे दुरुपयाेग गरि झुठा सामाचार सम्प्रेषण गर्नु निन्दनीय भएकाे हुँदा तत्काल त्यस्ता गतिविधि बन्द गर्न र पाेष्टहरु हटाउन अपिल गर्दछाैँ”।


ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















