वालिङमा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न
वालिङ, २४ पुस–स्याङ्जाको वालिङमा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिका ८ नम्वर वडाले यही पुस २२ देखि सुरु गरेको तीनदिने वृहत स्वास्थ्य शिविर आज सम्पन्न गरेको हो । शिविरबाट १ सय ६१ जना महिलाले जाँच गराएका वडा कार्यालयले जानकारी दिएको छ । शिविरमा जाँच गराएकामध्ये ५ जनामा पोजेटिभ रिपोर्ट आएको वडा सचिव प्रेमनारायण सुवेदीले जानकारी गराउनुभयो । पोजेटिभ रिपोर्ट आएकाहरुलाई फलोअपका लागि गह्रौं प्राथमिक अस्पताल वालिङ जान सल्लाह दिइएको सचिव सुवेदीले बताउनुभयो ।

धेरैजना महिलाहरुमा पाठेघरको समस्या हुने भएकाले तीनदिने वृहत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दामोदर तिवारीले बताउनुभयो । महिलाहरुलाई पाठेघरको समस्या थाह नभएर रोग बल्झिदै जाने अवस्था पनि हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै शिविर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तिवारीको भनाई छ । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रममा राखेर शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । आगामी वर्ष पनि यसैगरी स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष तिवारीले व्यक्त गर्नुभयो ।
वडा कार्यालयले आयोजना गरेको वृहत प्रजनन स्वास्थ्य शिविर कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको थियो भने गह्रौं प्राथमिक अस्पताल वालिङका प्राविधिकहरुले सेवा दिएका थिए ।
कार्यक्रम अनुसार २२ गते ८ नम्वर वडाको काफलडाँडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो भने २३ र २४ गते वडा कार्यालय परिसरमा भएको थियो । शिविरमा ३० देखि ४९ वर्षसम्मका महिलाहरुको पाठेघर सम्बन्धी जाँच गरिएको हो ।
विभिन्न भेकका नागरिकहरुको सहजताका लागि वडाको माथिल्लो भेक काफलडाँडास्थित स्वास्थ्य चौकीबाट शिविर सुरु गरिएको हो । शिविरमा ८ नम्वर वडासँग जोडिएका र पायक पर्नेहरुलाई समेत सेवा दिइएको थियो ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















