दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्शलाई
वालिङ,१२ पुस- वालिङमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माविले हात पारेको छ । शनिबार वालिङ खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै ९ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित पूर्णामृत भवानी मावि द्वितीय, ३ स्वर्ण, ५ रजत सहित लक्ष्मी मावि तृतीय र २ स्वर्ण, २ रजत र ४ कास्य सहित माझकोट मावि सान्त्वना भएको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले रु.३० हजार, २० हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियाेधगितामा पायोनियर माविले १ स्वर्ण, ३ रजत र ४ कास्य हात परेको छ भने सरस्वती माविले २ स्वर्ण १ कास्य, साईभिलेज एकेडेमीले १ स्वार्ण र २ कास्य, वालिङ बहुमुखी क्याम्पसले १ स्वर्ण, २ रजत र २ कास्य, पिसजोन, सगरमाथा मावि र टापु भञ्याङ माविले १÷१ रजत पदक प्राप्त गरेका छन् । त्यस्तै उपल्लो पेखु माविले १ रजत र १ कास्य, रणवीर माविले १ रजत र २ कास्य, महेन्द्र माविले १ कास्य, भुपू सैनिक मावि वालिङले २ रजत, ५ कास्य, बालसिद्ध माविले २ कास्य, भुपू सैनिक मावि बायटारीले १ रजत पदक प्राप्त गरेका छन् । २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा छात्रा तथा छात्र भलिबल, छात्र तथा छात्रा कबड्डी, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर छात्रछात्रा दौड, ४०० र १६०० रिले दौड प्रतियोगिता, लङ जम्प, हाई जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रोलगायतका खेलहरु खेलाईएको थियो ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















