उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सम्पन्न
वालिङ,७ पुस- उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले सेवाकेन्द्रहरुमा छुट्टा छुट्टै इकाई साधारणसभा गरेर ३३ वार्षिक साधारणसभा साेमबार सम्पन्न गरेको हो ।
वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवाकोन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमा ५ दिन छुट्टा छुट्टै इकाई साधारणसभा गरेको थियो । इकाई साधारणसभापछि मुख्य कार्यालय वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उपकारले चापाकोट नगरपालिका–८ स्थित दामाचौर, वालिङ नगरपालिका, १३ को बायँटारी, कालिगण्डकी गाउँपालिका–७ को मिर्मी, गरी ३१ स्थानमा सेवाकेन्द्र वालिङ–७ को केवँरेमा सदस्य सम्पर्क कार्यालय र वालिङ ८ मा रहेकाे प्रधान कार्यालय मार्फत शेयर सदस्यहरुलाई सेवा दिदै आएको छ । शेयर सदस्यहरुको सहजताका लागि सम्बन्धित सेवाकेन्द्रहरुमा पुगेर साधारणसभा कार्यक्रम गरिएको सहकारीले जनाएको छ ।

२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य रहेका छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष यामकान्त खनालले जानकारी दिनुभयाे । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ ।
संस्थाको अभिलेखमा कूल मुनाफा रु.१ करोड २२ लाख २७ हजार ९६ गरेको देखिन्छ भने एन एफ आर एस लेखा परीक्षणपछिको अभिलेख अनुसार बाँडफाँट योग्य नाफा रु.८ लाख ३० हजार मात्र रहेको छ । स्याङ्जामा एन एफ आर एस लेखा परीक्षण उपकार र सूर्योदय सहकारी गरी जम्मा दुई वटाले मात्रै गर्दैआएका छन्।
कार्यक्रममा नियमित बाल बचत गर्ने बालबालिकालाई पुरस्कृत गरिएको थियो । यसैगरी समापन कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी, साधारणसभाका मुख्य वक्ताहरु एवम् सहयोगी भूमिका निभाउनेहरु लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















