विजया दशमीको शुभकामना 

सम्पादकीय

नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।

२०८२ सालको दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलेको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।

हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।

दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । यश पर्वले आम नेपालीहरुमा आपसि एकता, सद्भाव, आत्मियता र एकले अर्काेलाई विश्वास गर्ने शक्ति प्राप्त हाेस।

 विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका साथै उत्तरउत्तोर प्रगती होस् । विजया दशमीको शुभकामना ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal