स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ,२५ असार- कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो ।

जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी मंगलबार पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताउनुभयो ।

सम्मानित हुनेहरूमा फलफूलखेती (सुन्तला)तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहनुभएको छ ।

कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिनुभएको उहाँले बताउनुभयो ।

“कार्यालयले कृषक सम्मानका लागि सूचना प्रकाशन ग¥यौँ, सोही सूचनाका आधारमा १३ वटा कृषक, समूह, फर्महरूबाट आवेदन प्राप्त भयो”, उहाँले भन्नुभयो, “प्राप्त भएका आवेदनको आधारमा मूल्याङ्कन गर्दा चार जना छनोट हुनुभएको हो ।” कृषकलाई छनोट गर्दा विधागत रूपबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएको हो ।

यसै वर्षबाट उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वयन भएको हो । यसवर्ष सम्मानित हुनुभएका कृषकहरू आगामी वर्षमा पुरस्कृत हुन नपाउने कार्यविधिमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

प्रजिअ अर्यालका अनुसार विधागतरूपमा सम्मानित कृषकहरूले जिल्लाकै नमूना कृषकको रूपमा पहिचान बनाउनुभएको छ । उहाँहरूको आम्दानीको मुख्य स्रोत व्यावसायिक कृषि नै हो । लामो समयदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहनुभएका वालिङ–५ का ब्यावसायिक अगुवा कृषक हुमनाथ लामिछानेले सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको सम्मानले भोलिका दिनमा कृषि कर्मप्रति लाग्न थप ऊर्जा मिलेको उहाँको धारणा थियो ।रासस

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal