भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
वालिङ,१९ असार- भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई रु १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आउनुभएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आब्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उहाँले बताउनुभयो ।
“कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो”, उहाँले भन्नुभयो, “प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्याङ्कन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई सम्मान गरेका हौं ।”
सम्मानित हुनेहरुमा वडा नं २ का खाद्यान्न तथा नगदे बाली उत्पादक कृषक कृष्णबहादुर अधिकारी, वडा नं ३ का कृषक लोकबहादुर खत्री, वडा नं ६ का गाईपालक कृषक कमल गोदार, वडा नं ६ कै भैंसीपालक कृषक शिव खत्री, वडा नं ७ का फलफूलखेती गर्ने कृषक श्यामप्रसाद अर्याल, वडा नं ७ कै फलफूलखेती गर्ने व्यावसायिक कृषक ननिता अर्याल राना, वडा नं ८ का नवीनतम कार्य अन्तर्गत बाख्राको दूधबाट चीज लगायतका परिकार उत्पादनमा सक्रिय कृषक डिलबहादुर गुरुङ र वडा नं ९ का बाख्रापालक कृषक भेमराज रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सात पुरुष किसान र दुई महिला किसान रहनुभएको छ । कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक सम्मानले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताउनुभयो । लामो समयदेखि कृषि कर्म गर्दै आएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौं कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी भीरकोट–८ का बाख्रापालन व्यवसाय गर्दै आउनुभएका डिलबहादुर गुरुङले बताउनुभयो ।
“गाउँमै बसेर कृषि कर्म गर्दा पनि सम्मानित भईने रहेछ भन्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जसकाकारण आगामी दिनमा व्यवसाय प्रवद्र्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महशुस गरेको छु । रासस
ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार





















