गणतन्त्र कसैको बक्सिस होइनः एमाले नेता अधिकारी
वालिङ,१८ चैत– नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्र कसैको बक्सिस नभएको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाद्वारा वालिङमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
यही चैत १५ गते काठमाडौँमा राजतन्त्री वादिहरुले गरेको हिंसात्मक आन्दोलनका विरुद्ध नेकपा एमालेले देशैभर जागरण सभाको आयोजना गरेको थियो ।
राजतन्त्रलाई भूतको संज्ञा दिदै पूर्व राजा ज्ञानेन्द्रले तर्साउन खोजेको बताउदै राजतन्त्र वादिहरुको शसक्त प्रतिवाद गर्ने समेत बताउनुभयो ।
राजतन्त्रले देशको रक्षा गर्न नसक्ने बताउदै कालो इतिहास बोकेको राजतन्त्रलाई कसैले पनि स्थापित गर्न नसक्ने बताउदै एमाले नेता अधिकारीले भन्नुभयो, “जनताको रगतको मसिले लेखिएको संविधान सभाबाट आएको संघिय लोकतान्त्रीक गणतन्त्र ख्यालठट्टा होइन”
राजतन्त्रको पक्षमा आन्दोलन गर्नेहरुले दिउँसै घरभित्र आगोलगाएर पत्रकारलाई जलाएको बताउदै अपराधिहरुलाई कारबाहिको दायरामा ल्याएरै छाड्ने बताउनुभयो ।
बैंंक ठग्ने अराजक दुर्गा प्रसाईलाई अगाडी सारेर पूर्व राजा ज्ञानेन्द्रले नरसंहार गराएको आरोप लगाउँदै देशको सिमाना र निर्वाचनमा मतदान गरेका नेपालीहरुलाई भारतिय बनाउने राजतन्त्रले देशको रक्षा गर्छभनेर कसैले नपत्याउने नेता अधिकारीको भनाइ थियो ।
राजातन्त्र वादिहरुलाई साढेको संज्ञा दिदै नेता अधिकारीले भन्नुभयो, “गणतन्त्र वादिदलहरुले देखाएको उदारता र अपनाएको सम्यम्तालाई कम्जोरी ठानेर केही असनका साढेहरु नाच्न खोज्दैछन् ।”
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) सचिव रामचन्द्र भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रम सुरु हुनुपूर्व वालिङ बजारमा र्याली निकालिएको थियो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















