शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
सुशील सुवेदी
वालिङ,२८ माघ– सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएपछी वालिङ नगरपालिकाले राजधानीमा शैक्षिक अन्तरक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षा खस्कीनुको कारण र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा शिक्षाविद्हरुले सामुदायिक विद्यालय प्रति अविश्वासको कारण यस तर्फ आकर्षण घट्दै गएको निष्कर्ष निकालेका छन् ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचवि डा. हरि लम्सालले अहिले भैरहेको स्रोत साधन प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
लम्सालले भन्नुभयो, “साना साना कुराले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्धत गर्छन्, हामीले यसलाई कार्यान्वयन गर्नुपर्यो ।” कार्यक्रममा सहभागी शिक्षाविद्हरुले वनलिङको पूर्णामृत माध्यमिक विद्यालयलाई नयाँ ढङ्गबाट अघि सार्नुपर्ने धारणा समेत व्याक्त गरेका छन्। सोही कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार प्रल्हाद अर्यालले अंग्रेजी माध्यमको आकर्षणले मुलुकका दक्ष जनशसक्ति बाहिर पठाउने शिक्षा प्रदान गरेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अंग्रेजी शिक्षाको नाममा विदेश धकेल्ने शिक्षा प्रदान गरिरहेकाछौँ,यो मुलुकको लागि दुर्भाग्य हो ।”
कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सीटीईभीटीका पूर्व निर्देशक डा.अग्नी प्रसाद काफ्ले, वालिङ नगरपालिकाका सल्लाहाकार तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, विष्णु बहादुर द्वारे,डा.लेखनाथ पाठक, शालिक सुवेदी,तारा सुवेदी र हिमालयन ह्वाईट हाउसका प्रिन्सिपल तोयानाथ पौडेल लगायतले सामुदायिक विद्यालयलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन गर्न सकिने थलोको रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा प्रमुख ख्याम नारायण काफ्ले,वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने कार्यविधि निर्माण गरेर सामुदायिक विद्यालयमा विद्यार्थी र अविभावकको आकर्षण थप्ने खालको कार्यक्रम अघि सार्ने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङलाई शैक्षिक हब बनाउनको लागि पुरानो संरचना भन्दा फरक ढङ्गले आधुनिक शिक्षा नीति अघि सार्न खोजिएको खाँणको भनाइ छ ।
उक्त अन्तरक्रिया कार्यक्रम नेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको सभाहलमा आयोजना गरिएको थियो ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















