कास्की कारागारमा पानीको समस्या

माधवप्रसाद बराल

कास्की,२८ माघ कैदीबन्दी र थुनुवा राख्न कास्की जिल्ला कारागारमा ४ सय २० जनाको क्षमता छ । तर कैदीबन्दी र थुनुवा गरी अहिले ७ सय ७८ जना राखिएको छ । 

२०२२ सालमा निर्माण भएको पुरानो भवनमा १ सय ८० जना राख्ने मिल्ने ठाउँ भएपनि ३ सय बढीलाई राख्नु परेको कारागारका प्रशासक राजेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार २०७३ सालदेखि सञ्चालनमा आएको अर्को भवनमा २ सय २० जना राख्ने क्षमता भएपनि करिब ४ सयलाई राखिएको छ । कैदीबन्दी र थुनुवामा अमेरिकी, क्यानडियन, चाइनिज र भारतीय गरी १६ जना विदेशी नागरिक पनि छन् । 

क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा हुँदा पानीको चरम समस्या भएको उहाँको भनाइ छ । “खानेपानी संस्थानले सञ्चालन गरेको बोरिङको एक धारा जोडिएको छ, त्यसले पुग्दैन,” उहाँले भन्नुभयो, “मासिक १ लाख रुपियाँको पानी खपत हुँदा कारागारले धान्नै नसक्ने अवस्था भएको छ ।” पानीको समस्या समाधानका लागि भूमिगत पानी निकाल्ने बोरिङ नै सञ्चालन गर्नुपर्ने देखिएको उहाँको भनाइ छ । 

सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार शौचालय, धारा लगायतको पनि कारागारमा समस्या रहेको उहाँको भनाइ छ । कास्की करागारमा रहेका कैदीबन्दी र थुनुवामा सबैभन्दा बढी जवर्जस्ती करणी मुद्दाका २ सय ३३, लागु औषध मुद्दाका १ सय ४७,  सहकारी ठगी मुद्दाका २८ जना थुनुवा रहेको नायबसुब्बा जंकनाथ पौडेलले बताउनुभयो । 

कारागारमा ४९ जना महिला र दुई नाबालक छन् । अदालतबाट पुर्पपक्षका लागि थुनामा पठाएकोमा २ सय ५३ पुरुष र २१ महिला छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् । कारागारका पुस्तकालय पनि छ ।  

कारागारभित्रै कतिपयले उद्यमशीलतामा जोडिएर कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेचेर आम्दानी गरिरहेको छन् । “कारागारको क्षमता अनुसार सरकारले कैदीबन्दीको स्वास्थ्य उपचारको लागि बजेट विनियोजन गर्ने गरेको छ,”शर्माले भनुभयो,“१०-१२ लाख बजेटले ६ महिना पनि नपुग्ने अवस्था छ।” २०२२ सालमा बनेको पुरानो भवन मर्मत गर्नुपर्ने भएपनि बजेट अभावमा हुन नसकेको शर्माको भनाइ छ । शर्माका अनुसार कारागारमा प्रशासनिक भवन पनि अस्थायी प्रकृतिको भएमाले यसले पनि काममा समस्या परेको छ । 

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal