स्कार्पियाे दुर्घटना हुदा पाँच जना घाईते
वालिङ,२२ माघ- वालिङ नगरपालिका वडा नम्बर १४ तमादि वालिङ सडक खण्ड अन्तरगत सिरबानी तर्फ जाँदै गरेकाे ग १ च ८९१३ नम्बरकाे स्कार्पियाे आज बिहान करिब ८ बजे तिर दुर्घटना हुदा स्कार्पियाेमा सवार पाँच जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

घाईते हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १४ सिरबानीका ६३ वर्षिय उमापति डुम्रे, साेही ठाँउका ५२ वर्षिय भिमप्रसाद डुम्रे, ७८ वर्षिय काेषकान्त डुम्रे पर्वत जिल्ला पैँयु गाउँपालिका ६ हुवास बस्ने ३३ वर्षिय कुमकला तिवारी र उहाँका ११ वर्षिय छाेरा कमल तिवारी घाईते भएकाे प्रहरीले जनाएकाे छ। अधिकांश घाईतेहरुलाई टाउकाे छाति र हातमा चाेट लागेकाे छ। घाईतेहरुलाई उपचारकाे लागि अस्पताल लगिएकाे र घटना बारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पाैडेलले जानकारी दिनुभयाे। दुर्घटनामा परेकाे स्कार्पियाेमा ८ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















