विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

वालिङ,१माघ- विरुवा गाउँपालिकाले जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । गाउँपालिकाले जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि भनेर आर्थिक वर्ष २०८१÷०८२ का लागि ५ लाख विनियोजन गरेको थियो । यस अन्तर्गत पालिकाका वडाहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यसैबीच ६ नम्वर वडाको चिन्नेबासमा ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको छ । यो वडामा रहेका ४५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको हो । यसअघि ७ र ८ नम्वर वडाका ५८ जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभयो । अध्यक्ष कुँवरका अनुसार ६ नम्वर वडाकोसमेत गरी १ सय ३ जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गर्ने कार्य सम्पन्न गरिसकिएको छ । अब बाँकि रहेका १ देखि ५ नम्वर वडाहरुमा पनि छिट्टै वितरण गरिने छ । पालिकाका ८ वटै वडामा रहनुभएका कूल ३ सय ६१ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिने अध्यक्ष कुँवरले बताउनुभयो । जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको र सामाजिक विकासमा वहाँहरुको मार्गदर्शन एवम् आशिर्वादले हामीलाई काम गर्ने हौसला प्रदान गर्ने विश्वासकासाथ सम्मान कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष कुँवरको भनाई छ । 

ताजा

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal