विरुवामा छातीरोग सम्बन्धी शिविर
वालिङ,२९पुस- क्षयरोग उपचार केन्द्र पोखराले जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा र विरुवा गाउँपालिकाकाे समन्वयमा एक्सरेद्वारा छातीरोग सम्बन्धी खोजपडताल शिवर सोमबार सम्पन्न गरेको छ ।

एकदिने शिविरमा क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डाक्टर सुनिलराज गौतमले समुदायमा लुकेर रहेका र छातीरोग त्यसमा पनि क्षयरोग छ कि छैन भन्ने खोजपडताल गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । शहरी क्षेत्र भन्दा गाउँहरुमा परीक्षण सेवा लिन कुर्नुपर्ने वा गाह्रो हुने ठाउँहरुमा केन्द्रिकृत रहेर कार्यक्रम गरिएकाे डाक्टर गौतमले जानकारी गराउनुभयो । विशेषगरी लिएर हिड्न मिल्ने अत्याधुनिक मिशिनबाट छातीको एक्सरे गरिने छ । परीक्षणमा क्षयरोग स्पष्ट देखिएकाहरुलाई औषधी सुरु गराइने छ । यसका साथै सम्भावितहरुको हकमा सेम्पल जम्मा गरेर पोखरा लैजाने र क्षयरोग पुष्टी भएमा आवश्यक सल्लाहसहित औषधी खान सुरु गराइने डाक्टर गौतमले बताउनुभयो ।कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले हामीलाई छातीरोग लागेको छ कि छैन भनेर पत्ता लगाउने शिविर भएको बताउनुभयो । छातीसम्बन्धी समस्याका लागि हामी पोखरालगायत टाढा जानुपर्ने अवश्था छ, त्यसैले यो अवसरबाट बन्चित नहुन गाउँबासीहरुलाई अध्यक्ष कुँवरले आग्रह गर्नुभयो । सहजिकरणमा सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा एवम् स्थानीय स्वास्थ्यकर्मीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
बिरुवामा आज भएको एकदिने शिविरमा २ सय ८५ जनाको परीक्षण भएकोमा १ जना पुरुषमा मात्र क्षयरोग देखिएको छ । क्षयरोग देखिएका पुरुषलाई आजैदेखि औषधी खान सुरु गराइएको छ ।

केन्द्रले हिजो आइतबार अर्जुनचौपारी गाउँपालिकामा शिविर सञ्चालन गरेको थियो । अर्जुनचौपारीमा जम्मा ५ सय १० जनाको परीक्षण भएको फोकल पर्शन राजेन्द्र रानाभाटले जानकारी गराउनुभयो । यसमध्ये ६ जनामा क्षयरोग देखिएको छ भने ३७ जनाको सेम्पल गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएको छ । उहाँका अनुसार मङ्सिर १९ गते भीरकोट नगरपालिका र २० गते वालिङमा भैसकेको छ भने माघ ६ र ७ गते पर्वतको पैयूँ गाउँपालिका शिविर सञ्चालन गरिने छ ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















