एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न
वालिङ,२८ पुस- संचारकाे महत्व र सामाजिक संजालकाे प्रभावकारिता विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। नेकपा एमाले वालिङ नगर कमिटीकाे आयाेजना र प्रेस चाैतारी नेपालकाे सहजिकरणमा भएकाे कार्यक्रममा नगर भित्रका एमाले अगुवा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे।

कार्यक्रमकाे उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सचिव धनन्ज्य दवाडीले एमालेका कार्यकर्ताहरु अध्ययनशिल हुनुपर्ने बताउनुभयाे। अध्ययन गर्ने बानीले मात्रै सहि र गलत छुट्याउन सकिने भएकाले तत्कालै आफ्नाे विचार राख्नुभन्दा सामाजिक संजालमा आएका कुराहरु पहिले सहिर गलत पहिचान गर्न जरुरि रहेकाे बताउनुभयाे।



अहिले नेकपा एमाले प्रति भ्रम छरेर चाैतर्फी रुपमा आक्रमण गर्ने प्रयास भइरहेकाेले यसकाे सबै नेता एवं कार्यकर्ताहरुले प्रतिवाद गर्नु पर्ने समेत उहाँले बताउनुभयाे।
सचिव दवाडीले भन्नुभयाे,” झुट कुरालाई धेरैपटक दाेहाेर्याउदा जनतामा साचाे हाे कि भन्ने भ्रम पर्ने भएकाेले यस्ता खाल्का कुराहरुलाई प्रतिवाद गरेर जनतालाई सहि सूचना दिनुपर्छ।”
कार्यक्रममा प्रेस चाैतारी नेपाल कास्कीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य दिपेन्द्र श्रष्ठले प्रशिक्षण दिनुभएकाे थियाे।

अहिले बढ्दै गएकाे संचार प्रविधिकाे युगमा यसकाे महत्व र प्रभावकारिताका बारे जानकारि लिनुका साथै सहि रुपमा सदुपयाेग गर्नु पर्ने विषयमा सहभागिहरुलाई जानकारि गराइएकाे थियाे।
सामाजिक संजालमा आएका सबै कुराहरु सत्य हुन्छन भन्ने नरहेकाे र ती विषयवस्तुहरुलाई तथ्य जाँच गरेर मात्रै आफ्नाे प्रतिक्रिया जनाउनु पर्नेमा प्रशिक्षक श्रेष्ठले जाेड दिनुभयाे। आफ्ना कुराहरु सक्रात्मक रुपले प्रस्तु गर्दै पार्टी गतिविधिलाई चलायमान बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरिएकाे वालिङ नगर कमिटीका अध्यक्ष शाेभाकान्त पाैडेलले बताउनुभयाे।

पाैडेलले भन्नुभयाे,”हाम्राे पार्टीले गरेका कामका बारेमा संचार माध्यम र विभिन्न सामाजिक संजाल मार्फत आम नागरिकलाई जानकारि दिन अभिमुखिकरण कार्यक्रम गरेका हाै, यसले पार्टीका गितिविधिहरुलाई प्रभावकारि बनाउन महत्पूर्ण भूमिका खेल्नेछ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















