हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता


वालिङ,२९ पुस– हरिनास गाउँपालिकाको १६ औं गाउँसभा आइतबार सम्पन्न भएको छ । १६ औं गाउँसभाले स्थानीय मदिरा जन्य पेय पदार्थको ब्राण्डीङ गर्न बनेको ऐन २०८१ र कार्यपालिकाको पुस २६ गते निर्णयबाट ६० देखि ६८ वर्षका एकल पुरुषलाई भत्ता दिने कार्यविधि पारित भएको छ ।
स्थानीय स्तरमा रोजगारि सिर्जना गर्ने उद्देश्यले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई ब्राण्डीङ गर्न ऐन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिमनाराण मानन्धरले बताउनुभयो । स्थानीय मदिरालाई ब्राण्डीङ गर्नको लागि दश लाख बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
एकल पुरुष भत्ता प्राप्त गर्नको लागि ६० वर्ष पुगे पछि ६८ वर्ष सम्म उमेर भएको र कुनै सरकारी सेवामा नरहेको सेवा सुविधा नलिएको स्वदेशमा मात्रै नभएर बैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेको र अदालति रुपमा सम्बन्ध विच्छेद भएको पुन विभाह नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पुरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रुपमा रु एक हजार एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
श्रीमतिको मृत्यु पश्चात एकल भएका पुरुषहरुलाई जिवन यापनमा सहज होस भन्ने उद्देश्यले एकल पुरुषलाई भत्ता दिने निर्णय गरिएको पालिका अध्यक्ष मानन्धरले बताउनुभयो । यो निर्णयले एकल पुरुषलाई खुसि तुल्याउने अध्यक्ष मानन्धरको विश्वास रहेको छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal