हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता
वालिङ,२९ पुस– हरिनास गाउँपालिकाको १६ औं गाउँसभा आइतबार सम्पन्न भएको छ । १६ औं गाउँसभाले स्थानीय मदिरा जन्य पेय पदार्थको ब्राण्डीङ गर्न बनेको ऐन २०८१ र कार्यपालिकाको पुस २६ गते निर्णयबाट ६० देखि ६८ वर्षका एकल पुरुषलाई भत्ता दिने कार्यविधि पारित भएको छ ।

स्थानीय स्तरमा रोजगारि सिर्जना गर्ने उद्देश्यले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई ब्राण्डीङ गर्न ऐन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिमनाराण मानन्धरले बताउनुभयो । स्थानीय मदिरालाई ब्राण्डीङ गर्नको लागि दश लाख बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
एकल पुरुष भत्ता प्राप्त गर्नको लागि ६० वर्ष पुगे पछि ६८ वर्ष सम्म उमेर भएको र कुनै सरकारी सेवामा नरहेको सेवा सुविधा नलिएको स्वदेशमा मात्रै नभएर बैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेको र अदालति रुपमा सम्बन्ध विच्छेद भएको पुन विभाह नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पुरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रुपमा रु एक हजार एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
श्रीमतिको मृत्यु पश्चात एकल भएका पुरुषहरुलाई जिवन यापनमा सहज होस भन्ने उद्देश्यले एकल पुरुषलाई भत्ता दिने निर्णय गरिएको पालिका अध्यक्ष मानन्धरले बताउनुभयो । यो निर्णयले एकल पुरुषलाई खुसि तुल्याउने अध्यक्ष मानन्धरको विश्वास रहेको छ ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















