सूर्योदय वोमी लघुवित्तद्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण
स्याङ्जा,१९ पुस– सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले आँधीखोला गाउँपालिका वडा नम्बर २ मा रहेको समुह नं ००९६ मा आबद्ध सदस्य गुम कुमारी घर्तीको परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको हो । पुतलीबजार शाखा कार्यालयद्वारा गठित समुहमा आवद्ध आधिखोला गाउपालिका २ की गुम कुमारी घर्तीको गत कात्तिक १४ गते मृत्यु भएको थियो ।
घर्तीको मृत्यु भएपछि संस्थाले पुस १८ गते बिमा दावी भुक्तानी बापतको रकम रु ३ लाख ९० हजार र हाल सम्म जम्मा भएको बचत रकम रु ५५ हजार १ सय १८ रुपैयाँ मृतक गुम कुमारी घर्तीका श्रीमान श्याम बहादुर घर्तीलाई सो रकम बारबरको चेक हस्तान्तरण गरिएको संस्थाका संचालक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्य मृत्यु सुविधा वितरण तथा बिमा दाबी भुक्तानी कार्यक्रम अन्तरगत सो रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















