युवालाई विदेसिनबाट रोक्नुपर्छः पूर्व मन्त्री श्रेष्ठ
वालिङ,९ पुस- नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले युवाहरुलाई विदेसिनबाट रोकनुपर्ने बताउनुभएको छ । अहिले १२ कक्षा पढेपछि युवाहरुमा विदेश जाने सोंचको विकास बढ्दै गएको बताउदै यस्तै अवस्ता रहेमा देश युवा विहिन हुने बताउनुभयो ।
वालिङ नगरपालिका १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यायलयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा शोमबार बोल्दै नेता श्रेष्ठले विद्यालयको प्रसस्त जमिन भएको र यसको उपयोग गरेर प्राविधिक शिक्षामा लाग्न समेत आग्रह गर्नुभयो ।

पूर्व मन्त्री श्रेष्ठले भन्नुभयो, “ पूर्णामृत भवानी माविको प्रसस्त जमिन छ, त्यसको उपयोग गर्न आवश्यक छ । विद्यालयले भएको जमिन भाडामा दिनुभन्दा प्राविधिक शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई कर्मयोगी बनाउनुपर्छ । यसले विद्यार्थीलाई दक्ष बनाउँछ ।”


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा खेल र विज्ञान प्रदर्शनीका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु, विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति एवं उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















