नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा कोइराला
वालिङ,२८ मङ्सिर-नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रदिप कोइराला निर्वाचित हुनुभएको छ । शुक्रबार भएको महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट उम्मेद्वार बन्नुभाएका कोइराला र प्रेस सेन्टरबाट उम्मेद्वार बन्नुभएकी प्रतिक्षा काफ्ले बिच चुनावी प्रतिष्पर्धा भएको थियो ।
गठबन्धनको तर्फबाट उमेद्वार बन्नुभएका कोइराला ३४ मत प्राप्त गरि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो भने प्रेस सेन्टरबाट उमेद्वार बन्नुभएकी काफ्लेले १३ प्राप्त गर्नुभएको छ ।
यसैगरी सहसचिवमा एकबहादुर गोदार (रमेश) ३० मतसहित विजयी हुनुभएको छ । गोदारले ३० मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी खेमप्रसाद खनालले (केपी) १६ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धन र प्रेस सेन्टरबीच अध्यक्ष, खुला सहसचिव,४ खुल्ला सदस्य सहित १ समावेसी सदस्यका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यतर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाहा ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत सहित विजयी हुनुभएको छ भने शालिकराम पोख्रेलले १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै समावेसी सदस्यमा हिमलाल घर्तीले ३५ मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी कामना सुँनारले ११ मत प्राप्त गर्नुभएको छ । महासंघमा ५४ सदस्य रहेकामा ४९ जनाले मतदानमा भाग लिएका थिए ।
यसअघि खुल्ला उपाध्यक्षमा प्रेस चौतारीको तर्फबाट माधव गैरे, युनियनबाट महिला उपाध्यक्षमा साधाना न्यौपाने, सचिवमा चौतरीबाट हरीप्रसाद सुवेदी(सुशील) समावेशी सह-सचिवमा चौतारीकै कला राना र कोषाध्यक्षमा युनियनका जोगराज पाठक निर्विरोध निर्वाचित भैसक्नुभएको थियो । यसैगरी महिला सदस्य युनियनबाट आरति कुँवर, दलित सदस्यमा सेन्टरबाट नारायण विश्वकर्मा र जनजाति सदस्यमा युनियनबाट विनोद रखाली निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रिय परिषद सदस्यमा युनियनबाट ओमप्रकाश शर्मा, पार्वती पाण्डे प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, फुलमाया भट्राई, रामु भट्राई निर्विरोध निर्वाचित हुनुभएको छ ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















