आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौँ : शिक्षामन्त्री भट्टराई
पोखरा,२० मङ्सिर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताउनुभएको छ।
पोखरा महानगरपालिका वडा न १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो।
शिक्षा क्षेत्रमा देखिएका केही विकृतिका कारण व्याप्त निराशा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उहाँको भनाइ छ।
मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सबै खाले बेतिथिको अन्त्य हुने दाबी गर्नुभयो ।
शिक्षा क्षेत्रमा गर्नुपर्ने धेरै कामका बिचमा नेपालको शिक्षाप्रति विश्वास जगाउनेतर्फ लार्नुपर्ने भन्दै उहाँले गुणस्तरीय शिक्षाको सुरुवात गुणस्तरीय शिक्षकबाट भएकाले शिक्षकको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताउनुभयो।
‘‘विद्यालय शिक्षा समग्र शिक्षाको जग र राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार हो।समृद्ध, जीवन उपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग र समुदायको सहयोग जरुरी छ ।’’
व्यावसायिक शिक्षामार्फत नै गुणस्तरीय जीवनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्वस्वीकार्य विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै उहाँले अहिलेसम्म देखिएका कमजोरीको पहिचान र निराकरणका लागि मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको प्रष्ट पर्नुभयो।
राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षक र विद्यार्थीलाई मन्त्री भट्टराईले सम्मान गर्नुभएको छ।
ताजा
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार





















