उपकार सहकारी स्याङ्जाको अगुवा सहकारी हो-जिसी

गोपाल जिटी

वालिङ,७ मङ्सिर- वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था जिल्लाकै अगुवा भएको राष्ट्रिय सहकारी ब्याङ्कका सञ्चालक रामबहादुर जिसीले बताउनु भएको छ । संस्थाको ३२ औं इकाई वार्षिक साधारणसभा वालिङ सेवाकेन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी ब्याङ्क गण्डकीका संयोजकसमेत रहनुभएका जिसीले उपकार सहकारी जिल्लाकै अगुवा भएको बताउनु भएको हो ।

यो सहकारीले सहकारी अभियानलाई यहाँ ल्याउन महत्वपूर्ण भूमिका खेलेका उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारीहरुमा विमति होलान्, सहकारीका बारेमा फरक धारणा होलान् हुनसक्छन् । तर स्याङ्जाको सहकारी अभियानको सुरुवात गर्न, स्याङ्जाको सहकारी अभियानलाई टिकाउन र टेकाउन उपकार सहकारीको ठूलो योगदान छ ।” 
हिजोदेखि कहिँ न कहिं जोडिएर काम गरिरहेको र यो सहकारी स्थापना गर्ने २७ जना संस्थापकज्यूहरुसहित आज यो अवस्थासम्म ल्याउने सबैलाई धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो । यतिबेला सहकारी क्षेत्रमा निरासा छ, हामीले प्रयोग गर्ने मोवाइल पनि नकारात्मक कुराहरुको विकास भएको छ । नकारात्मक कुरा सहकारी क्षेत्रमा मात्र होइन, अरु क्षेत्रमा पनि उत्तिकै छन् । अल्लि बढि सहकारी क्षेत्रमा छन् । त्यस कारण हामीले यो बेलामा धैर्यता गुमाउनु नहुने सहकारी ब्याङ्कका सञ्चालक जिसीको भनाई छ । उत्साहित भएर अगाडि बढ्ने बेला भएको उल्लेख गर्दै जिसीले सहकारी संस्थाहरुले साधारणसभाबाट शेयर सदस्यहरुलाई उत्साही बनाएर पठाउन अनुरोध गर्नुभयो । साधारणसभाबाट शेयर सदस्यहरु सकारात्मक र उत्साही बनाएर पठाउनुपर्दछ । देशमा ७३ लाख शेयर सदस्य छन् भनिएको छ । त्यसमा दोहोरिएको तेहेरिएकोसमेतलाई हेर्दा ५० लाख हुनसक्छन् । यसको ५१ प्रतिशतलाई सकारात्मक बनाएर पठाउन सकियो भने अहिलेको सहकारी प्रतिको नकारात्मक धारणालाई चिर्न सकिने जिसीले बताउनुभयो । त्यसैले सहकारीहरुले शेयर सदस्यहरुलाई स्पष्ट पार्न आवश्यक रहेको उहाँको भनाई छ ।
उपकार साकोसले वालिङ नगरपालिका ८ र १३ को बायँटारी, चापाकोटको दामाचौर तथा कालीगण्डकी गाउँपालिकाको मिर्मी गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर वित्तीय सेवा दिदै आएको छ । यसैगरी वालिङकै ७ नम्वर वडाको केवँरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ । यी सबै स्थानमा इकाई साधारणसभा सम्पन्न गरेको उपकारले भोलि शनिबार मुख्य कार्यालय वालिङमा प्रतिनिधि साधारणसभा गर्ने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी गराउनुभयो । साधारसभाको अवसरमा संस्थामा नियमित बाल बचतकर्ताहरुलाई पुरस्कार वितरण गरिएको थियो । उपकार सहकारीमा ८ हजार १ सय ५४ जना शेयर सदस्य रहेका छन् ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal