देशमा केहि छैन भनेर भ्रम सृजना नगरौ ः मन्त्री बस्याल


वालिङ,२६ कात्तिक- गण्डकी प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले देशमा केहि छैन भनेर भ्रम सृजना गर्न नहुँने बताउनुभएको छ । सोमबार वालिङमा दुर्गाखिमा फाउण्डेसन द्वारा आयोजना गरिएको जिल्लास्तरीय वक्तित्वकला प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्यालले सरकारका केहि कमिकमजोरी भएपनि देशमा केहि छैन भनेर भ्रम सिर्जना गर्न नहुँने बताउनुभएको हो ।

विधि र पद्धतिलाई सबैले स्विकार गर्नुपर्ने बताउदै विगतलाई फर्केर हेर्दा देशमा धेरै परिवर्तन भएपनि यो पूणर् भने नभएको मन्त्री बस्यालको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले भ्रष्टाचारीलाई किनारा लगाउनुपर्ने बताउनुभयो । सभापति अर्यालले भ्रष्टाचारीको कुनै पार्टी नहुँने र आफ्ना स्वार्थमा लिप्त हुने जुनजुकै पार्टीको भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

जिल्लाभरीका मावि तहबाट २८ जना सहभागिता रहेको प्रतियोगितामा “बढ्दो बैदेशिक आर्कषण, कारण र समाधान” विषयमा विद्यार्थीले आ-आफ्ना प्रस्तुति प्रस्तुत राखेका थिए । प्रतियोगितामा पूणर्ामृत भवानी माध्यमिक विद्यालय वालिङका पोषकान्त लुईटेल प्रथम भएका छन् भने भानुभक्त आचार्य मावि गल्याङका मन्जुश्री अधिकारी द्वितीय र बालोदय आवासीय मावि भीरकोटका विनिसा खनालले तृतीय भएकी छन् । यस्तैगरी दहथुम मावि भीरकोटका स्मारिका अर्याल र नेपाल राष्ट्र मावि गल्याङका लक्ष्मी पाठक गरी दुईजना सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले क्रमशः नगद रु. २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रमको व्यवस्थापन भेषजराज साहित्य प्रतिष्ठानले गरेको थियो ।

यसैगरी पर्यटन मन्त्री बस्याललाई वालिङ उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान सम्मान गरेको छ । संघका पदाधिकारीहरुले मन्त्री बस्याललाई संघको सचिवालयमा एक कार्यक्रमका बिच सम्मान गर्नुभएको हो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal