वालिङमा प्रभावकारी बन्दै विद्यालयमा करेसाबारी
कला राना
वालिङ,४ कात्तिक- वालिङ नगरपालिकाका ६ विद्यालयमा एक विद्यालय एक करेसाबारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाले पालिका भित्रका विभिन्न ६ विद्यालयमा एक विद्यालय एक करेसाबारी कार्यक्रम संचालन गरेको छ ।
वालिङ नगरपालिका १४ नम्बर वडामा रहेको हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीहरुले पढाईसंगै कृषि कर्म पनि गर्दै आएका छन् । पढाई संगसंगै गरिएको कृषि कर्मले उनीहरुलाई ब्यवहारिक ज्ञान समेत दिएको छ । नगरपालिकाले सुरु गरेको एक विद्यालय एक करेसाबारी कार्यक्रम अन्र्तगत पालिकाले १ लाख रुपँैया रकम दिएपछि विद्यालयले तरकारी खेती शुरु गरेको थियो । विद्यालयले ३ रोपनी जग्गामा गोलभेडा, खुर्सानी तथा लहरेबाली लगायतको खेती गरेको छ ।
विद्यालयले अहिलेसम्म १४५ किलो गोलभेडा विक्रि गरेको छ । बजारमा यतिबेला गोलभेडाको भाउ बढेसंगै विद्यालयले राम्रो आम्दानी गरेको छ । ९२ किलो १३० रुपैँया प्रतिकिलोका दरले र आइतबार ५३ किलो ११० रुपैँया प्रतिकिलोका दरले विक्रि गरेको विद्यालयका प्रधानाध्यापक मित्रलाल खानालले बताउनुभयो । प्रअ खनालले भन्नुभयो, “नगरपालिकाको एक विद्यालय एक करेसाबारी कार्यक्रम अन्र्तगत १ लाख रकम प्राप्त भएपछि टनेलमा तरकारी खेती शुरु गरेका हौँ । अहिले विद्यालयको करेसाबारीमा गोलभेडा, खुर्सानी, लहरेबाली रहेका छन् ।”

विद्यालयले ४६ किलो हरियो खुर्सानी र घिरौँला विक्रि गरेको हो । खुर्सानी १५० का दरले विक्रि गरेका हुन् । विद्यालयको उत्पादन वालिङ बजारमै खपत हुँदै आएको छ । विद्यालयले टनेलमा ३४० बेर्ना खुर्सानी र १९२ वटा अमिता, ओन्सरी, गौरव जातको लुर्के गोलभेडाको विरुवा लगाएको थियो । विद्यालयले आफ्नो विद्यालय खाजामा खपत भएर धेरै भएको तरकारी स्थानीय बजारमा विक्रि गर्दै आएको छ । अहिलेसम्म ३३ हजार तरकारीबाट आम्दानी भएको विद्यालयले जनाएको छ ।
कक्षा १ देखि ७ सम्म अध्ययन हुँदै आएको विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारले कक्षा १ देखि ५ सम्म दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैँयाका दिवा खाजाको लागि उपलब्ध गराउँदै आएको छ । पछिल्लो समयको महँगीका कारण विद्यार्थीका लागि १५ रुपैँयाको खाजा प्रयाप्त नहुँने भएकाले विद्यालयले यसै कार्यक्रमबाट विद्यार्थीलाई स्वस्थवद्र्धक खाजा खुवाउँदै आएको छ । कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीलाई समेत विद्यालयले गतवर्षदेखि खाजा खुवाउँन सुरु गरेको हो ।
विद्यालयकै करेसाबारीमा उत्पादन भएको तरकारी तथा तरकारी विक्रिबाट भएको आम्दानीमा विद्यालयको रकम थप गरेर कक्षा ६ र ७ का विद्यार्थीलाई समेत खाजा खुवाउँदै आएको प्रअ खनालले बताउनुभयो । दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी पनि आकर्षित भएका छन् । अघिल्लो वर्ष भन्दा यो शैक्षिक सत्रमा विद्यार्थी संख्या समेत वृद्धि भएको विद्यालयले जनाएको छ । अध्ययनसंगै कृषि कर्मको सिकाई कार्यक्रमले अभिभावक पनि खुसी भएका छन् । कक्षा कोठामा पढाई नभएको समयमा तथा विद्यालय समय पछाडिको समय र विदाका दिन पनि विद्यार्थीले करेसाबारीमा काम काम गर्ने गर्दछन् । विद्यालयमा सिकाइएको सिपले बालबालिकाहरुलाई घरमा भएको बेला पनि काम गर्ने बानिको विकास गराएको छ । भने बालबालिकाको कामले अभिभावक पनि खुसी भएका छन् ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















