नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोट,२३साउा- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । 

हेलिकप्टरमा  सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा दुर्घटना भएको हो । 

दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ । स्राेत गाेप

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal