राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०७ जनाले गरे रक्तदान


वालिङ,७ साउन- वालिङ राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले सोमबार वालिङ आयोजना गरेको रक्तदान कार्यक्रम १ सय ७ जनाले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको शुभारम्भ २९ पटक रक्तदान गरिसक्नुभएका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई व्लड प्याकेट हस्तान्तरण गरेर नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सभासदस्य सीता सुन्दासले गर्नुभएको थियो । यो संगै पौडेलले तीसौँ पटक रक्तदान गर्नुभएको छ, भने १ सय ७ जनाले रक्तदान गरेको युवा संघले जनाएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सभासदस्य सीता सुन्दासले दान गरिएको रगतले रगतको अभाव भएका बिरामीको लागि नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्वपूणर् र सिर्जनशील कार्य सराहनीय रहेको बताउनुभयो । पुष्पलालले स्थापना गरेको पार्टी आज राज्यको नेतृत्वमा रहेको र उहाँको सम्झनामा युवासंघले रक्तदान जस्तो रचनात्मक कार्यलाई निरन्तरता दिदै आएकोमा धन्यवाद व्यक्त गर्दै समाज रुपान्तरणमा युवासंघले महत्वपूणर्ि खेल्दै आएको समेत बताउनुभयो ।
रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका जिल्ला अध्यक्ष राजन पोख्रेलले जानकारी दिनुभयो ।

ताजा

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal