सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी
काठमाडौँ,७ साउन- चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।
गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपद् मोचन बल-नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्तरुपमा उद्धार जारी राखेको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिनुभयो ।
आइतबार बिहान ८:४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।
उक्त दुःखद घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भई परिवारको जिम्मा लगाइएको छ । सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ । रासस



ताजा
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार





















