साहित्यकार मिलन समीरको “मिलनमन्त्र” विमोचन
वालिङ,६ साउन- युवा साहित्यकार मिलन समीरको नयाँ कृति “मिलन मन्त्र” विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला अन्तर्गत “समीर साँझ २०८१” को अवसरमा साहित्यकार समीरको तेस्रो एकल मुक्तक वाचन मिलनमन्त्र शनिबार वालिङ स्थित नेचुरल भ्यूप्वाइन्ट होटलको सभाहलमा एक कार्र्यक्रमका बिच विमोचन तथा विमर्श गरिएको हो ।
विमोचित मिलनमन्त्र समीरको मुक्तक विधाको पहिलो कृति हो भने यस अघि उहाँका तीन ओटा कृति प्रकाशित भैसकेकाछन् ।
समीरले आफ्नो जन्मदिनकासाथै ४२ औं विपी स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्नुभएको हो ।
“मिलनमन्त्र” मुक्तक संग्रह विमोचन गर्दै वरिष्ठ साहित्यकार देवीप्रसाद वनबासीले मिलन समीरको कृतिमा मानव जीवन बोलेको बताउनुभयो । जीवनका भोगाईसँगै समाज परिवर्तनमा महत्वपूणर् भूमिका खेल्ने भएकाले साहित्यलाई समाजको ऐना भनिएको वरिष्ठ साहित्यकार वनबासीले बताउनुभयो । समाजका विकृति विङ्गति विरुद्ध बोल्नुकासाथै राष्ट्रिय राजनीतिलाईसमेत व्यङ्ग्यात्मक झटारो हानेर लयमा ल्याउने सन्देश दिने भएकाले साहित्य लेखनमा लाग्नुपर्ने वनबासीको भनाइ रहेको छ ।
कार्यक्रममा साहित्यकार यामप्रकाश खनालले कृति माथि समिक्षात्मक टिप्पणी गर्नुभएको थियो भने सहभागीहरुमध्ये एक दर्जन बढीले आ-आफ्ना रचना वाचन गरेका थिए ।

ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















