बाख्रा फर्ममा आगलागी
वालिङ,२७ जेठ- वालिङ नगरपालिका वडा नम्बर १० ढकालडाँडामा शनिबार राति बाख्रा फर्ममा आगलागी भएको छ ।
स्थानीय रुक्मानन्द ढकालले ब्यवसायिकरुपमा सञ्चालन गर्दै आउनुभएको ‘ग्रहौंकालिका ब्यवसायिक बाख्रा फर्म’ मा आगलागी हुँदा खोरसहितको भौतिक संरचना, दाना तथा ११ वटा बाख्रा जलेका छन् ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन । भौतिक संरचना लगायत बाख्रा जलेर नष्ट हुँदा करिब ४० लाखको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कसरी भएको भन्ने आँफूलाई थाहै नभएको ढकालले बताउनुभएको छ । फर्ममा विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
फर्ममा माउ तथा पाठापाठी गरेर ९० बाख्रा रहेकामा ११ वटा जलेर मरेका फर्म सञ्चालक ढकालले बताउनुभयो । विदेशी भूमिमा २० वर्ष रोजगारी गरेर स्वदेश फर्किनुभएका ढकालले ६ वर्ष अघिदेखि फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















