भुम्रे माविका विद्यार्थी कपाल काट्ने सीप सिक्दै

वालिङ,२७ जेठ- वालिङ ९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन थालेको छ ।
शिक्षासंँगै सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित एक महिने निशुल्क तालिम दिने भएको हो । प्राविधिक ज्ञान सीपप्रति इच्छुक कक्षा ८, ९ र १० छात्रछात्राका लागि तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वालिङ ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले हाम्रो दैनिक जीवनमा उपयोगी हुने विभिन्न कामहरु मध्ये कपाल काट्ने सीप पनि एक महत्वपूणर् कार्य रहेको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पढाईसंगै सीपमूलक तालिम लिएर आर्थिकरुपमा आत्मनिर्भर बन्न सकिने भएकाले यो तालिम उपलब्धिमुलक हुने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

विद्यालयको आन्तरिक स्रोतबाट यो वर्षको वार्षिक कार्ययोजना अन्तर्गत तालिम शुरु गरिएको भुम्रे माविका प्रध्यानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । “कितावी ज्ञानले मात्रै विद्यार्थीलाई आत्मनिर्भर बनाउन सकिंदैन, विद्यार्थीलाई प्राविधिक ज्ञान सीप दिनुपर्छ भन्ने लाग्यो” उहाँले भन्नुभयो, “विदेश जानका लागि पनि धेरै पैसा खर्च गरेर सीप सिकेको हामीले देखेका छौं, विद्यालय तहमै प्राविधिक ज्ञान तथा सीपमूलक तालिम लिइसकेपछि दैनिक जीवनमा प्रयोग गरी ब्यवसायिक बन्न सक्ने ठानेका छौं ।”

पहिलोपटक निःशुल्क तालिम दिएर एउटा प्लेटफर्म तयार पारेको बताउँदै विद्यार्थीहरु इच्छुक रहेको खण्डमा अन्य तालिमहरु पनि थप्दै जाने उहाँको भनाई छ । विद्यार्थीका अभिभावकसंँग पनि समन्वय गरेर विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्राविधिक ज्ञान तथा सीपमूलक तालिमहरु प्रदान गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडलले हरेक विद्यालयहरुमा प्राविधिक शिक्षाहरु दिनुपर्नेमा जोड दिनुभयो । प्राविधिक ज्ञान हासिल गरेको कुनैपनि व्यक्ति बेरोजगार नरहने भएकाले यसको महत्व रहेको बताउनुभयो । तालिममा सुनबहादुर घर्तीले प्रशिक्षण दिनुहुनेछ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal