भुम्रे माविका विद्यार्थी कपाल काट्ने सीप सिक्दै

वालिङ,२७ जेठ- वालिङ ९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन थालेको छ ।
शिक्षासंँगै सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित एक महिने निशुल्क तालिम दिने भएको हो । प्राविधिक ज्ञान सीपप्रति इच्छुक कक्षा ८, ९ र १० छात्रछात्राका लागि तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वालिङ ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले हाम्रो दैनिक जीवनमा उपयोगी हुने विभिन्न कामहरु मध्ये कपाल काट्ने सीप पनि एक महत्वपूणर् कार्य रहेको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पढाईसंगै सीपमूलक तालिम लिएर आर्थिकरुपमा आत्मनिर्भर बन्न सकिने भएकाले यो तालिम उपलब्धिमुलक हुने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

विद्यालयको आन्तरिक स्रोतबाट यो वर्षको वार्षिक कार्ययोजना अन्तर्गत तालिम शुरु गरिएको भुम्रे माविका प्रध्यानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । “कितावी ज्ञानले मात्रै विद्यार्थीलाई आत्मनिर्भर बनाउन सकिंदैन, विद्यार्थीलाई प्राविधिक ज्ञान सीप दिनुपर्छ भन्ने लाग्यो” उहाँले भन्नुभयो, “विदेश जानका लागि पनि धेरै पैसा खर्च गरेर सीप सिकेको हामीले देखेका छौं, विद्यालय तहमै प्राविधिक ज्ञान तथा सीपमूलक तालिम लिइसकेपछि दैनिक जीवनमा प्रयोग गरी ब्यवसायिक बन्न सक्ने ठानेका छौं ।”

पहिलोपटक निःशुल्क तालिम दिएर एउटा प्लेटफर्म तयार पारेको बताउँदै विद्यार्थीहरु इच्छुक रहेको खण्डमा अन्य तालिमहरु पनि थप्दै जाने उहाँको भनाई छ । विद्यार्थीका अभिभावकसंँग पनि समन्वय गरेर विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्राविधिक ज्ञान तथा सीपमूलक तालिमहरु प्रदान गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडलले हरेक विद्यालयहरुमा प्राविधिक शिक्षाहरु दिनुपर्नेमा जोड दिनुभयो । प्राविधिक ज्ञान हासिल गरेको कुनैपनि व्यक्ति बेरोजगार नरहने भएकाले यसको महत्व रहेको बताउनुभयो । तालिममा सुनबहादुर घर्तीले प्रशिक्षण दिनुहुनेछ ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal