कालीगण्डकीमा स्टिमरमा बुद्धिचाल प्रतियाेगपता

वालिङ,१३ जेठ- कालीगण्डकी गाउँपालिकामा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । खेलकुद मार्फत  पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कालीगण्डकी ‘ए’ जलविद्युत आयाेजनाको जलाशयमा संचालित स्टिमरमा  प्रतियोगिताको  शनिबार उद्घाटन गरिएको छ।

प्रदेश खेलकुद परिषद , गण्डकी प्रदेश र कालीगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घको व्यवस्थापनमा प्रतियोगिता संचालन गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै  गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले कालीगण्डकी नदीको जलयात्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको  केन्द्र रहेको  बताउनुभयाे।  पाैडेलले स्टिमरमा गरिएको बुद्धिचाल प्रतियोगिताले कालीगण्डकीको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त समेत ब्याक्त गर्नुभयाे।

गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले धार्मीक महत्त्व बोकेको कालीगण्डकी र आँधीखोला नदीको संगम स्थल आँधीमुहानमा संचालीत देशकै पहिलो मोटरबोट (स्टिमर) मा बुद्धिचाल प्रतियाेगिताकाे उद्धघाटन गराएर खेलकुद मार्फत पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने सन्देश दिन खाेजेकाे बताउनुभयाे। पालिकाले खेलकुदलाई विशेष महत्त्व दिएको बताउँदै अध्यक्ष थापाले पालिका, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र खेलकुदबाट समेत जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित हुने गरी  अगाडि बढीरहेको जानकारी दिनुभयाे।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशमा खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेकाे बताउनुभयाे । गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता र्‍यापिड रेटिङ सिस्टममा खेलाईने जानकारी दिनुभयाे। दुई दिन सम्म सञ्चालन हुने कार्यक्रम आइतबार समापन गर्ने याेजना आयाेजककाे रहेकाे छ ।

ताजा

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal