ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने


वालिङ,९ वैशाख- ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने आज आयोजित बैठकमा जानकारी गराइएको छ ।
वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीहरु संग भएको संयुक्त बैठकमा कार्यक्रमका बारेमा जानकारी गराउदै ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको अन्तिम लक्ष्य भनेको आनन्द हो, आनन्द भयो भने सबै चाहना पूरा भएको अनुभूनि हुने बताउनुभयो । आध्यात्मिकताले मानिसलाई शान्ति र आनन्द मिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले एक स्वयम्सेवी आध्यात्मिक संस्थाले प्रशिक्षण कार्यक्रम राखेर राम्रो गरेको उल्लेख बताउनुभयो । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि स्वयमसेवी संस्थाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई आत्मिक लाभ लिन प्रमुख प्रशासकीय अधिकृत शर्माले वालिङवासीलाई आग्रह गर्नुभयो
संयुक्त वैठकका प्रस्ताव तथा कार्यक्रमको औचित्य र महत्वका बारेमा ब्रह्माकुमार शङ्कर देवकोटाले प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षणमा जनप्रतिनिधि, युवा क्लव, टोल विकास संस्था तथा आमा समूहमा क्रियाशिल व्यक्तिहरुसहित समुदायको सक्रीय २ हजार जनासम्मलाई सहभागी गराउने लक्ष्य रहेको ब्रह्माकुमार देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी संसार परिवर्तनमा टेवा पुगोस भनेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वालिङ शाखाकी प्रमुख ब्रह्माकुमारी कविताले बताउनुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको कार्यक्रमको सहयोगी संस्थाकोरुपमा वालिङ नगरपालिका रहेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएकोछ ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal