अक्खा लिपि सिक्दै वालिङका मगरसमुदाय


कला राना
वालिङ,१० वैशाख- वालिङमा अक्खा लिपि सम्बन्धी तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर संघ वालिङ नगरसमितिको आयोजनामा १५ दिने अक्खा लिपि सम्बन्धी तालिम शुरु भएको हो । मगर भएकोमा गर्व गरौँ मगर भाषा बोलौँ, अक्खा लिपिमा लेखौँ मगर संस्कार संस्कृतिको जर्गेना गरौँ मगर भाषा लिपि सिकौँ भावी सन्तानलाई सिकाऔँ भन्ने नाराका साथ शुरु भएको मगर भाषा अक्खालिपि सम्बन्धी तालिममा वालिङका विभिन्न वडाबाट मगर प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर बौद्ध सेवा समाज वालिङका संस्थापक क्याप्टेन हर्कबहादुर थापाले आफ्नो मातृ भाषाको संरक्षण गर्नका लागि मगर समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन सदस्य तेजबहादुर आलेले नेपालमा संविधान प्राप्त गर्न होस या लोकतन्त्र, गणतन्त्र प्राप्तिका लागि होस मगर समुदायको योगदान महत्वपूणर् रहेको बताउनुभयो । यसैगरी नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर रितिरिवाजलाई अनुशरण गर्नुपर्ने भन्दै नारा र भाषणले मात्रै मगर संस्कारको संरक्षण नहुँने बताउनुभयो । मगर भाषा संस्कार र संस्कृतिलाई सहि ढंगले अगाडि बढाउन नसकिएको भन्दै यसका लागि मगर एकताले मात्रै यो संभव रहेको थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका संस्थापक अध्यक्ष पुणर्बहादुर थापा, प्रशिक्षक भाषाविद एवं नेपाल मगर लेखक संघका केन्द्रिय सदस्य प्राज्ञिक पुणर्बहादुर रानामगर, मगर संघ गण्डकी प्रदेश सदस्य क्या.डिलबहादुर थापा, मगर संघ जिल्ला उपाध्यक्ष उमेश दर्लामी, क्या. गगनसिंह थापा, नेपाल मगर संघ जिल्ला सदस्य सुवेदर तेजबहादुर थापा, निर्वतमान वडा सदस्य केशबहादुर थापा, मगर महिला संघ वालिङ नगर अध्यक्ष सुमित्रा थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा भाषाविद पुणर्बहादुर राना र रत्नबहादुर पल्लीले प्रशिक्षण दिनुहुनेछ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal