रेडियो सुन्ने वातावरण सृजना गर्न रेडियो वितरण

वालिङ,२६ फागुन- आँधीखोला संचार सहकरी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अविधेशनको अवसरमा आफ्ना सदस्यहरुलाई रेडियो वितरण गरेको हो । 

संचार जगतमा रेडियोको भूमिका अतुलनिय रहेको भन्दै पछिल्लो समय सामाजिक संजालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्नु बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।

शनिबार रेडियो भवनमा आयोजित साधारण सभा अधिवेशनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिक सचेत हुँदै देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, नेपाली कांग्रेस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादीका भक्तबहादुर गोतामे, राप्रपाका युक्तप्रसाद तिवारी लगायतले बाेल्नुभएकाे थियाे। २०६३ मा संस्था दर्ता गरी २०६४ मंसिर ६ गते जिल्लाकै पहिलो आवाजको रुपमा रेडियो आँधीखोलाले परीक्षण प्रसारण शुरु गरेको हो । रेडियो अहिले स्याङ्जा सहित, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की सहित गण्डकी र लुम्बिनीका विभिन्न  जिल्लामा १०५.४ मेगाहर्जमा सुन्न सकिन्छ भने वेभसाईड धधध।चबमष्यबबमजष्पजयबि।यचन र हाम्रो पात्रो एपमा विश्वभर सुन्न सकिन्छ । रेडियो दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal