प्रधानमन्त्री दाहाललाई विश्वासको मत

काठमाडौँ,३० फागुन प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मतविभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी हुनुभयो । बैठकमा सभामुख देवराज घिमिरेले मतविभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाएपछि उहाँलाई समर्थन गरेको दल नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal