वालिङको वृहत्तर विकासका लागि सल्लाहकार समिति गठन
मणी प्रसाद अर्याल
वालिङ,८ फागुन- ‘स्मार्ट सिटि’को रुपमा परिचय बनाएको वालिङ नगरपालिकाले नगर विकासको लागि सल्लाहकार समिति गठन गरेको छ ।
राजनैतिक,सामाजिक,सञ्चार,स्वास्थ्य,निजामती कर्मचारी र उद्यमशील लगायतका क्षेत्रमा क्रियाशिल र अब्बल मानिएका वालिङका व्यक्तिहरु समेटेर सल्लाहकार समसत गठन गरिएको हो ।
‘विज्ञ र अनुभवी व्यक्तिहरु’समेटिएको सल्लाहकार समितिको संयोजक नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँण रहेकाछन् ।
रणनैतिक राजनीतिमा अब्बल मानिएका दिलिप प्रताप खाँणको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो । ‘समितिमा वालिङका स्वास्थ्य,शिक्षा,सञ्चार लगायतका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई समेटेर समिति गठन गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । ‘नगरविकासको लागि अनुभव शेयरिङ,बौद्धिक सल्लाह र भावी योजना तर्जुमाको लागि हामीले खाका कोर्न सक्छौँ’ नगरप्रमुख खाँणले भन्नुभयो-‘यो समिति सर्वपक्षीय,सर्वदलीय र नितान्त नगरको विकासको लागि निर्माण गरिएको हो, र ,हामीले यसबाट सकारात्मक तथा प्रभावकारी प्रतिफल पाउन सक्छौँ ।’
गत माघ २९ गते बसेको नगरकार्यपालिकाको बैठकले ५१ सदस्यीय सल्लाहकार समिति बनाउँने निणर्य गरेको नगरप्रमुख कृष्ण खाँणले बताउनु भयो ।
गठन गरिएको सल्लाहकार समितिका सदस्यहरुमा लालचन्द्र गैह्रे,अग्नी काफ्ले, विष्णु बहादुर द्वारे,शोभाकान्त पौडेल,बावुराम रेग्मी,आनन्द काफ्ले,डा.दिनेश काफ्ले,डा.अच्युत शरण अर्याल, डा.दर्शनकुमार गुरुङ, डा.दिनेश वि.क.,डा.लेखनाथ शर्मा पाठक, डा.राजन शर्मा,प्रा.डा.दिपक सुवेदी, डा.पवमान सुवेदी,उमाकान्त पराजुली,निलकण्ठ काफ्ले,त्रिलोचन पंगेनी,कमल जिटी,मेघ आले,डोलराज शर्मा पंगेनी,रीना राना,लेखनाथ बगाले,जीवनारायण काफ्ले,जेश्वर पाण्डे,दिपक पाण्डे,राजेन्द्र प्रसाद पाण्डे,कल्पना बस्याल,लक्ष्मीकान्त रेग्मी,ई. विष्णु प्रसाद काफ्ले,टेकप्रसाद लुईटेल, दामोदर कोईराला,माधव प्रसाद आचार्य,अमृत श्रेष्ठ, नारायण श्रेष्ठ,जगन्नाथ तिवारी,भूवन काफ्ले,शालिक सुवेदी,देविप्रसाद बगाले,द्रोणराज काफ्ले,लोकनाथ रेग्मी,नारायण भण्डारी,ध्रुव शर्मा पंगेनी,दिनेश तिवारी (दिनकर),डा. गिरीधारी शर्मा,तारा सुवेदी,सागर बगाले र अनन्तराज डुम्रे रहनुभएको छ ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















