चापाकाेट महाेत्सवमा दर्शककाे उत्साहजनक उपस्थिति
गाेपाल जिटी
वालिङ,४ फागुन- यहि फागुन ३ गते बिहिबारदेखि सुरु भएको दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० को दोस्रोदिन शुक्रबार दर्शकहरुले उत्साहजनक उपस्थिति जनाएकाछन् । स्याङ्जा जिल्लाकै भित्रि मधेशकारुपमा लिइने चापाकोटस्थित गङ्गालाल माविको खेलमैदानमा चापाकोट उद्योग वाणिज्य संघद्वारा हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान भन्ने मूल नारासहित सञ्चालन गरिएको महोत्सवमा दर्शकहरुले उत्साहजनकरुपमा उपस्थित भएका हुन् ।
गाउँ- गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकला एवम् जिल्लास्तरीय भलिवल प्रतियोगिता राखिएका छन् । यसैगरी दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो । महोत्सवको दोस्रो दिन शुक्रबार राष्ट्रिय कलाकारहरु दुर्गेस थापा, रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, जगत गौडेलकोसाथमा नृत्याङ्गना सृष्टि बिश्वकर्माको प्रस्तुति रहेको थियो ।
यसैगरी शनिबारदेखि लोक भजनगीत, रत्यौलीगीत, चापाकोट डान्स आइडल, बक्तृत्वकलालगायतका प्रतियोगिताहरु सुरु हुने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक रेग्मीले बताउनुभयो ।
फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गतेसम्म सञ्चालनमा हुनेछ ।

ताजा
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ आश्विन ३१ गते, शनिबार





















