विद्यार्थी पढाउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ

अर्जुन काफ्ले

स्याङ्जा,६ फागुन- विद्यालय  व्यवस्थापन समितिका अध्यक्षको काम कर्तव्य विद्यालयको प्रशासनलगायतका गतिविधि हेर्ने र विद्यालय राम्रो बनाउने हो । पुतलीबजार नगरपालिका वडा नं ३ कुमाल गाउँमा रहेको काजिमान हरिटीका माविको व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठले भने पढाउन पनि थाल्नुभएको छ । 

निम्न माध्यमिक तहको गणित÷विज्ञान शिक्षक सरुवा भई काठमाडौं गएपछि कक्षामा शिक्षकको अभाव हुन नदिन अध्यक्ष श्रेष्ठले बढाउनुभएको हो । अब निजकै परीक्षा आइरहेको बेलामा विद्यार्थीको पढाइमा समस्या आउने भएकाले आफैँ पढाउन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

नयाँ शिक्षक केही दिनमा नै आउने बताउँदै श्रेष्ठले केही दिनदेखि कक्षा ८ र ९ मा विज्ञान विषय बढाएको बताउनुभयो । एक हप्ता पढाएको बताउँदै श्रेष्ठले अबको एक हप्तामा नयाँ शिक्षक आउने र नआएमा चैतको परिक्षा सम्म अध्यापन गर्ने बताउनुभयाे । सूचना अधिकारी युवराज पौडेलले विद्यालयको अध्यक्ष भएकाले दैनिकजसो विद्यालयमा आउने श्रेष्ठले अहिले शिक्षक नभएपछि पढाउनुभएको पौडेलले बताउनुभयो । 

एक वर्ष पहिला मात्र विद्यालय व्यवस्थापनसमितिको अध्यक्ष बन्नुभएका श्रेष्ठले विद्यालयमा धेरै सुधारका काम गर्नुभएको छ । विद्यार्थीको अभाव भएर अर्को विद्यालयमा गाभिने अवस्थामा पुगेको विद्यालयमा अहिले २३० जना विद्यार्थी रहेको पौडेलले बताउनुभयो ।  श्रेष्ठ व्यवस्थापन समिति अध्यक्ष बन्नु अगाडि ६५ जना विद्यार्थी  थिए भने पढाइसमेत नाजुक थियो । 

विद्यालयमा शिक्षक कक्षा कोटाको अवधारणामा  पठनपाठन, हरेक दिन अतिरिक्त विषय सङ्गीत, नृत्य जस्ता कक्षा सञ्चालन, अभिभावकले घरमै मोबाइलबाट आफ्नो नानी बाबुले के गरेका छन् हेर्न मिल्ने व्यवस्था, हरेक महिना शिक्षकलाई उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत, यातायातमा बसको व्यवस्था गरिएको छ । 

यसै वर्ष गण्डकी प्रदेशमै स्याङ्जाका दुई व्यवस्थापन समिति अध्यक्ष विद्याभूषण पदकमा सम्मान गर्ने निर्णय गरेकोमा एक श्रेष्ठसमेत रहनुभएको थियो ।  

ताजा

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal