अमोर सेवा बालगृहलाई आर्थिक सहयोग
वालिङ,१ माघ- भीरकोट नगरपालिका १ बयरघारीका गुरुङ परिवारद्वारा अमोर सेवा बालगृहलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
भीरकोट नगरपालिका ८ वकादी स्थायी घर भइ हाल बयरघारी बजारमा बस्दै आउनुभएका चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले फेदीखोला १.कटुजेस्वाँरामा रहेको अमोर सेवा बालगृहमा एक कार्यक्रमकाबीच नगद रु ७५ हजार सहयोग गर्नुभएको हो । बाबा ८४ वर्ष र आमा ८० वर्ष पुगेको उपलक्ष्यमा उक्त रकम दान गरिएको उहाँका छोरा इन्द्रजीत गुरुङले बताउनुभयो । बाबाले ८४ पूजा गर्नेबेला भयो, यस अवसरमा सामाजिक संस्था तथा गरिव दुःखीलाई दान गर्ने इच्छा गर्नुभएकाले बालगृहमा दान गर्न आएको इन्द्रजीतले बताउनुभयो ।

असहाय बालबालिकाहरुको आश्रय बनेको बालगृहमा आएर दान गर्न पाउँदा बाबा आमा लगायत सम्पूणर् परिवारलाई खुसी लागेको इन्द्रजीतले बताउनुभयो । आफ्नो परम्परा र संस्कार अनुसार पूजा आजा पनि गर्नुपर्छ, तर पूजाआजाको नाममा अनावस्यक तडक भडक गर्न आवस्यक छैन । गुरुङले भन्नुभयो—“बाबा आमाको इच्छा अनुसार गरिव दुःखी एवं सामाजिक संघ संस्थामा सहयोग गर्न आवस्यक ठानेर असहाय बालबालिकालाई सहयोग पुगोस भनेर बालगृहमा आएर दान गरेका हौं ।” अभिभावक विहिन ३१ जना बालबालिकाहरुको पढाई लेखाईसहित यति राम्रोसँग बालगृह सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै गुरुङले यो सुरुवात भएको र आगामी दिनमा थप सहयोग गर्दैजाने बताउनुभयो ।
नगद दान गर्दै चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले ६ भाई छोरा र दुई छोरीका गरेर १६ जना नातिनतिना थिए, अब यहाँ भएका ३१ जना बालबालिका पनि आफ्नै नातिनतिना सम्झेको बताउनुभयो ।
अमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३१ जना बालबालिकाछन् । यो बालगृह २०६८ सालमा स्थापना भएको र २०७२ सालदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ शिशुदेखि स्नातकसम्म अध्ययनरत गर्ने बालबालिरहेकाछन् ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















