वालिङ महोत्सव अपाङ्गता मैत्री हुने
वालिङ,२ माघ- वालिङ महोत्सव अपाङ्ग मैत्री हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १८ देखि २८ गते सम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवमा शारीरिक रुपमा अशक्त भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपाङ्गता मैत्री स्टेज बनाउने तयारीमा जुटेको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) जानकारी दिनुभयो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न तयारीहरु गरिएको समेत प्रचारप्रसार समितिका संयोजक खनालले बताउनुभयो ।
महोत्सव आवलोकनका लागि आउने दर्शकहरुलाई सहज रुपमा अवलोकन गर्न मिल्लनेगरी छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइने भएको छ । विद्यार्थी र शिक्षकलाई विद्यालयको पालो अनुसार निश्चित स्थानमा बसेर सहजरुपमा महोत्सवको अवलोकन गर्न मिल्लने गरि कार्य अगाडी बढाइएको छ ।

महोत्सवमा जिल्लाका सबै पालिकाको आफ्नो पहिचान झल्किने गरि स्टल राख्ने व्यवस्था समेत मिलाइने आयोजकले जनाएको छ । महोत्सवमा जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुहरुका साथै विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिने छ ।
महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वालिङ खेलमैदानमा सञ्चालन हुने आठौं महोत्सवले यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने आयोजकको भनाइ रहेको छ ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















