वालिङ महोत्सव अपाङ्गता मैत्री हुने

वालिङ,२ माघ- वालिङ महोत्सव अपाङ्ग मैत्री हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १८ देखि २८ गते सम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवमा शारीरिक रुपमा अशक्त भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपाङ्गता मैत्री स्टेज बनाउने तयारीमा जुटेको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) जानकारी दिनुभयो ।

“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न तयारीहरु गरिएको समेत प्रचारप्रसार समितिका संयोजक खनालले बताउनुभयो ।

महोत्सव आवलोकनका लागि आउने दर्शकहरुलाई सहज रुपमा अवलोकन गर्न मिल्लनेगरी छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइने भएको छ । विद्यार्थी र शिक्षकलाई विद्यालयको पालो अनुसार निश्चित स्थानमा बसेर सहजरुपमा महोत्सवको अवलोकन गर्न मिल्लने गरि कार्य अगाडी बढाइएको छ ।

महोत्सवमा जिल्लाका सबै पालिकाको आफ्नो पहिचान झल्किने गरि स्टल राख्ने व्यवस्था समेत मिलाइने आयोजकले जनाएको छ । महोत्सवमा जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुहरुका साथै विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिने छ ।

महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वालिङ खेलमैदानमा सञ्चालन हुने आठौं महोत्सवले यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने आयोजकको भनाइ रहेको छ ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal