सूर्योदय सहकारीको २५ औं वार्षिकोत्सवमा ३ पत्रकारलाई सम्मान
वालिङ,२६ पुस- स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले २५ वार्षिकोत्सव सम्पन्न गरेको छ । सहकारीले जिल्लाका क्रियाशील पत्रकारहरुको सम्मानसहित २५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
सहकारीले वार्षिकाेत्सवकाे अवसरमा नेपाल पत्रकार महासँघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रे, कोषाध्यक्ष एकबहादुर गोदार ( रमेश ) र महासंघका पूर्व उपाध्यक्ष अर्जुन काफ्ले गरी तीनजना पत्रकारहरु सम्मान गरेकाे हाे। संस्थाले पहिलो पटक पत्रकारहरुलाई सम्मान गरेको हो ।
सहकारीले २५ वर्ष पुगेको अवसरमा अभियान २५ सञ्चालन गरेको थियो । पुस २५ मा स्थापना भएको संस्थाले २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर पुस २५ लाई अभियान पच्चिस कार्यक्रम सञ्चालन गरेर मनाएको हो । यस अन्तर्गत सम्मानसहित रक्तदान, स्वास्थ्य शिविरलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम संस्थाले समेटेको थियो ।
सदस्य सम्मान, उद्यमी तथा सेवाग्राही सम्मान, ज्येष्ठ सदस्य सम्मान तथा उत्कृष्ट कारोवारी सम्मान गरिएको छ । यसैगरी सहकारी सचेतना, सरसफाई, १० वर्ष माथि कार्यरत कर्मचारी सम्मान, पालिकास्तरीय निबन्ध प्रतियोगिता, जिल्ला स्तरीय सूर्योदय हाँजिरी जवाफ कार्यक्रम, शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।
संस्थाका व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले संस्थाको गतिविधी र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
व्यवस्थापक श्रेष्ठका अनुसार संस्था र सदस्य बीच अपनत्व विकास गर्ने, आवद्ध सदस्यहरुको आयस्तर वृद्धि गर्ने, समग्र कारोवारमा वृद्धिमा टेवा पु¥याउने, सुरक्षित ऋण लगानी तथा भाखा नाघेको ऋण व्यवस्थापन गर्ने उद्देश्यले अभियान २५ सञ्चालन गरिएको हो । यसैगरी सहकारी सचेतना, वित्तीय साक्षरता र प्रविधि साक्षरताको माध्यमबाट आम मानिसहरुले वर्तमान अवस्थामा सहाकारीलाई हेर्ने धारणामा परिवर्तन ल्याउनेलगायत अभियान २५ को उद्देश्यमा समेटिएको थियो ।
सहकारीले जिल्लाका ४ वटा पालिकामा ५ वटा सेवाकेन्द्र सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ । जसमा पुतलीबजार १, स्याङ्जा, वडा नम्वर ३ को बाडखोला, आँधिखोला गाउँपालिका ५ को जुग्ले, बिरुवा गाउँपालिका १ को बिरुवा बजार, र चापाकोट नगरपालिका ७ को साँखर गरी ५ वटा सेवाकेन्द्र सञ्चालनमा छन् ।
स्थापनाका समयमा पुतलीबजारको १३ वटा वडालाई कार्यक्षेत्र बनाएको सहकारीले २०७१ सालदेखि समग्र जिल्लाभर सेवा विस्तार गर्ने अनुमति लिएर सञ्चालनमा ल्याइएको संस्थाका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
३ जना युवाहरुले २० का दरले ६० रुपियाँ जम्मा पारी बचत समूहबाट सूरु गरेको सहकारीमा अहिले १० हजार ९ सय ४० जना शेयर सदस्य रहेका छन् । ७ करोड ६६ लाख ५ हजार ५ सय शेयर पूँजी रहेको संस्थाको कूल पूँजी ५ करोड ८६ लाख ७४ हजार ४ सय ३२ रहेको छ । यसैगरी संस्थाले ५ करोड ५७ लाख ७९ हजार ८ सय ३२ रुपैयाँ ६२ पैसा जगेडा कोष रहेको संस्थाको ७३ करोड २३ लाख २ हजार ८ सय ९० कूल पूँजी छ ।
सूर्योदय सहकारी स्याङ्जा जिल्लाका साथै गण्डकी प्रदेशकै नमूना सहकारीमा पर्दछ ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















