वालिङ नगरपालिकामा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण


वालिङ,२२ पुस-वालिङ नगरपालिकामा कोभिड-१९ को खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण गरिएको छ ।
नगरपालिकाको १४ वटै वडामा सञ्चालन गरिएको विद्युतीय अभिलेखिकरण कार्यक्रममा २ हजार ४ सय २ जनाको कोभिड-१९ खोप विद्युतीय अभिलेखिकरण गरिएको छ । उज्यालो यात्रा गैर सरकारी संस्था वालिङले यूनडिपिको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो ।

उज्यालो यात्राले वालिङ नगरपालिका १४ वटै वडामा सहजकर्ता परिचालन गरी अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो । अभिलेखिकरण कार्यक्रममा वडा नं. १ मा १ सय ५९, २ मा १ सय ६०, ३ मा २ सय २३, ४ मा १ सय २५, ५ मा १ सय ३१, ६ मा २ सय ७५, ७ मा १ सय १४ जनाको विद्युतीय अभिलेखिकरण भएको छ । यसैगरी वडा नंवर ८ मा १ सय ३८, ९ मा १ सय ७२, १० मा १ सय २४, ११ मा १ सय ६, १२ मा ३ सय १३ मा १ सय २८ र १४ मा २ सय ४७ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएकाहरुको विद्युतीय अभिलेखीकरण गरिएको उज्यालो यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारीका साथै अध्ययनको लागि विदेश जानेहरुले महंगो शुल्क तिरेर विद्युतीय अभिलेखिकरण गराउदै आएको अवस्थामा यो अभियान मार्फत वडा वडामा निःशुल्करुपमा अभिलेखिकरण गर्ने अवसरले सर्ववसाधारण जनताहरुमा उत्साहा देखिएको उहाँले बताउनुभयो ।


विद्युतीय माध्यमबाट क्यूआर बनाएपछि खोप लगाएको प्रमाण जीवन्त रहने भएकाले आगामी दिनमा फेरि पनि कोरोनाका नयाँ भेरियन्ट आएमा त्यस्ता जटिलतासंँग जुध्न सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताउनुभयो ।
स्मार्ट सिटिको रुपमा अगाडि बढेकोे वालिङ नगरपालिकामा हरेक क्रियाकलाप विद्युतीय माध्यमबाट हुने बताउदै यो अभियानबाट छुटेकाहरुलाई पुनः अभिलेखिकरण गरिेने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal