वालिङ नगरपालिकामा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण
वालिङ,२२ पुस-वालिङ नगरपालिकामा कोभिड-१९ को खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण गरिएको छ ।
नगरपालिकाको १४ वटै वडामा सञ्चालन गरिएको विद्युतीय अभिलेखिकरण कार्यक्रममा २ हजार ४ सय २ जनाको कोभिड-१९ खोप विद्युतीय अभिलेखिकरण गरिएको छ । उज्यालो यात्रा गैर सरकारी संस्था वालिङले यूनडिपिको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा कोभिड-१९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो ।

उज्यालो यात्राले वालिङ नगरपालिका १४ वटै वडामा सहजकर्ता परिचालन गरी अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो । अभिलेखिकरण कार्यक्रममा वडा नं. १ मा १ सय ५९, २ मा १ सय ६०, ३ मा २ सय २३, ४ मा १ सय २५, ५ मा १ सय ३१, ६ मा २ सय ७५, ७ मा १ सय १४ जनाको विद्युतीय अभिलेखिकरण भएको छ । यसैगरी वडा नंवर ८ मा १ सय ३८, ९ मा १ सय ७२, १० मा १ सय २४, ११ मा १ सय ६, १२ मा ३ सय १३ मा १ सय २८ र १४ मा २ सय ४७ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएकाहरुको विद्युतीय अभिलेखीकरण गरिएको उज्यालो यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारीका साथै अध्ययनको लागि विदेश जानेहरुले महंगो शुल्क तिरेर विद्युतीय अभिलेखिकरण गराउदै आएको अवस्थामा यो अभियान मार्फत वडा वडामा निःशुल्करुपमा अभिलेखिकरण गर्ने अवसरले सर्ववसाधारण जनताहरुमा उत्साहा देखिएको उहाँले बताउनुभयो ।

विद्युतीय माध्यमबाट क्यूआर बनाएपछि खोप लगाएको प्रमाण जीवन्त रहने भएकाले आगामी दिनमा फेरि पनि कोरोनाका नयाँ भेरियन्ट आएमा त्यस्ता जटिलतासंँग जुध्न सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताउनुभयो ।
स्मार्ट सिटिको रुपमा अगाडि बढेकोे वालिङ नगरपालिकामा हरेक क्रियाकलाप विद्युतीय माध्यमबाट हुने बताउदै यो अभियानबाट छुटेकाहरुलाई पुनः अभिलेखिकरण गरिेने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















