नगरभित्रका घरमा नम्बर प्लेट राख्दै वालिङ नगरपालिका
वालिङ,१५ मङ्सिर- वालिङ नगरपालिकाले पालिभित्र रहेका घरहरुमा नम्बर प्लेट राख्न सुरु गरेको छ ।
नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरमा नम्बर प्लेट राख्ने भएको हो ।
प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरण सहित नागरिकको घर समेत जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरहरुमा नम्बर प्लेट राख्ने कार्यको सुरुवात गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङ नगरपालिका ३ माझकोटबाट औपचारिक रुपमा नम्बर प्लेट राख्ने कार्यको सुरु गरिएको बताउदै नगरप्रमुख खाँणले कार्यक्रमले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नगरपालिकालाई सहज हुने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीतिहरु तयार गर्न सघाउ पुग्नेमा नगरप्रमुख खाँणको विश्वास रहेको छ ।
स्मार्ट नगरपालिकाको रुपमा अगाडी बढिरहेको वालिङले नागरिकको स्वास्थ्य स्थिति थाहा नपाउँदासम्म हरेक आर्थिक वर्षमा तय गरिने नगरका योजना,नीति तथा कार्यक्रमहरु लागू गर्न कठिनाइ भएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
उहाँले स्वास्थ्य नै मानवजीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकोले नागरिकको स्वास्थ्यको अवस्था अनुसार बजेट निर्माण,योजना कार्यान्वयन तथा अन्य विविध पक्षहरुको वर्गीकरण गर्न सहयोग बताउनुभयो ।
मङ्सिर १४ गतेबाट सुरु भएको कार्यक्रम एक महिनाको अवधिमा सम्पूणर् घरहरुमा नम्बर प्लेट राख्ने कार्य सम्पन्न गरिने नगरपालिकाले जनाएकाे छ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















