मित्रवत् राजनीतिमा नेपाल अग्रणी : सचिव भट्टराई
चन्द्र पन्दाक
ताप्लेजुङ,१०मङ्सिर- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले मित्रवत् तथा मैत्रीपूर्ण राजनीतिमा नेपाल अग्रणी स्थानमा रहेको बताउनुभएको छ । अधिकांश देशमा फरक राजनीतिक दलका नेता एक ठाउँमा भएको स्थिति नरहेको भन्दै नेपालका दल र नेताको त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ ।
आवश्यकताअनुसार नेपालका राजनीतिक दल तथा दलका नेता एकै ठाउँमा बस्न र उभिन सक्ने संस्कार रहेकाले मित्रवत् राजनीतिका लागि नेपाल अग्रणी स्थानमा रहेको उहाँले चर्चा गर्नुभयो । नेपाली राजनीतिक दलबिच रहेको संस्कारले सकारात्मक सन्देश दिइरहेको बताउनु हुँदै नेता भट्टराईले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
आ–आफ्नो सिद्धान्त र विचारले मात्र राजनीतिक दल फरक भएकोभन्दै उहाँले मैत्रीपूर्ण व्यवहार र राजनीतिक सद्भावका कारण दलहरू कहिल्यै टाढा नरहेको उहाँको भनाइ छ । एमाले ताप्लेजुङले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव र मित्रवत् राजनीति कायम राख्न थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
चियापान कार्यक्रममा एमाले पोलिटब्युरो तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यद्वय वसन्तकुमार नेम्बाङ र उर्मिला थेबे लगायतका नेतृत्वहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य लीलादेवी बाेखिम, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्व तथा प्रतिनिधि चियापानमा सहभागी बन्नुभएको थियो ।
एमाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको चियापानको प्रायोजकका रूपमा प्रतिनिधिसभा सदस्यद्वय भट्टराई र थेबे तथा प्रदेशसभा सदस्य मेन्याङ्बो रहनुभएको एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार दसैँ, तिहार, छठ, चासोक तङ्नाम, उधौली, ल्होसारजस्ता नेपालीको चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।गाेप
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















