स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा केसी निर्वाचित

वालिङ,१०मङ्सिर- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित हुनुभएको छ । 

शनिबार सम्पन्न पाचाैँ अधिवेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सहमति चयन गरेको हो ।

नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रे, उपाध्यक्षहरुमा थमनसिंह रानाभाट, राजेन्द्र शर्मा भट्टराई, मीन क्षेत्री, मुक्ति सुवेदी, विजय थापा र महिला उपाध्यक्षमा इन्दिरा खनाल निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महासचिवमा राजेश पाण्डे, सचिवमा ओमकार पोख्रेल र मोतिप्रसाद अर्याल, कोषाध्यक्षमा चिरञ्जीवी ढकाल, सहकोषाध्यक्षमा धर्मगत पराजुली निर्वाचित हुनुभएको छ ।

यसैगरी, महिला संयोजकमा निर्मला तिवारी, अमेरिका संयोजकमा लिल मल्ल, मध्यपूर्व संयोजकमा पीताम्बर अर्याल, युरोप संयोजकमा अर्जुन अर्याल र एसिया प्यासिफिक संयोजकमा ध्रुव ज्ञवाली निर्वाचित हुनुभएको छ ।

यसैगरी, सदस्यहरुमा कुलबहादुर पौडेल क्षेत्री, अमरविक्रम अधिकरी, देवी डोटेल, विपिन अर्याल, विदुर कोइराला, गुप्तप्रसाद गैह्रे, तारा गौडेल र हिमलाल डुम्रे रहनुभएको छ ।

स्याङ्जाबाट रोजगारीका लागि विभिन्न देश गएकाहरुको साझा संस्थाको रुपमा रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति २०६६ सालमा स्थापना भएको हो । 

सम्मेलनमा ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी तीन सय जनाको सहभागिता थियो । सम्मेलन कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभएको थियो ।समिति सहमतिका आधारमा निर्वाचित गरिएकाे संस्थाले जनाएकाे छ। 

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal