स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा केसी निर्वाचित
वालिङ,१०मङ्सिर- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न पाचाैँ अधिवेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सहमति चयन गरेको हो ।
नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रे, उपाध्यक्षहरुमा थमनसिंह रानाभाट, राजेन्द्र शर्मा भट्टराई, मीन क्षेत्री, मुक्ति सुवेदी, विजय थापा र महिला उपाध्यक्षमा इन्दिरा खनाल निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ ।
यसैगरी महासचिवमा राजेश पाण्डे, सचिवमा ओमकार पोख्रेल र मोतिप्रसाद अर्याल, कोषाध्यक्षमा चिरञ्जीवी ढकाल, सहकोषाध्यक्षमा धर्मगत पराजुली निर्वाचित हुनुभएको छ ।
यसैगरी, महिला संयोजकमा निर्मला तिवारी, अमेरिका संयोजकमा लिल मल्ल, मध्यपूर्व संयोजकमा पीताम्बर अर्याल, युरोप संयोजकमा अर्जुन अर्याल र एसिया प्यासिफिक संयोजकमा ध्रुव ज्ञवाली निर्वाचित हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा कुलबहादुर पौडेल क्षेत्री, अमरविक्रम अधिकरी, देवी डोटेल, विपिन अर्याल, विदुर कोइराला, गुप्तप्रसाद गैह्रे, तारा गौडेल र हिमलाल डुम्रे रहनुभएको छ ।
स्याङ्जाबाट रोजगारीका लागि विभिन्न देश गएकाहरुको साझा संस्थाको रुपमा रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति २०६६ सालमा स्थापना भएको हो ।
सम्मेलनमा ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी तीन सय जनाको सहभागिता थियो । सम्मेलन कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभएको थियो ।समिति सहमतिका आधारमा निर्वाचित गरिएकाे संस्थाले जनाएकाे छ।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















