उ फर्केर आउनेछ
फेरि पनि ६२/६३ जस्तो आन्दोलन होस्
बागमतीको किनारै किनार खालि खुट्टा भाग्दा भाग्दै
उ मेरो घरमा पसोस्
आफ्ना पैतालाको घाउ बिर्सेर
मेरो सुन्दरताको वर्णन गरोस्
मेरो घर बिर्सियोस् तर मलाई नबिर्सोस्
त्रिपुरेश्वर सम्झदा ।
उसमा मैले देखेको राजनीतिक र क्रान्तिकारी छवि नमरोस्
म कहिलेकाहीँ बिदेश घुम्न जाँदा
उसलाई कुनै होटलमा भाँडा माज्दै गरेको देख्न नपरोस्
म मुना भएर पर्खिरहन पाउँ
उ भोटको मदन होस्
म मालती त उ मधु होस्
कुनै दिन
विपीले लेखेको नरेन्द्र दाइ बनेर मेरो टोलमा फर्कियोस्
ठिकै छ मलाई माया नगरोस्
मैले माया गरिरहन पाउँ ।
आजकल
कतै आन्दोलन हुँदा पनि
उ पर्केर आउने आस पलाउँछ
म आफैं पनि कयौंपटक आन्दोलनमा गएँ
र जाँदै छु
उसलाई भेट्छु कि भनेर
मलाई आस छ यो गणतन्त्र रहेसम्म
उ एकदिन फर्केर आउनेछ
र ढोका ढक्ढक्याउँदै भन्नेछ
घरमा को हुनुहुन्छ ? छिटो ढोका खोल्नु
मेरो पछि पुलिस छ ।
© गणेश प्रसाद पौडेल ” बहुरुपी “
हाल युएई
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















